दल

गगन थापालाई ज्ञानेन्द्र शाहीको सुझाव : सरकार तिम्रै छ आरोप प्रमाणित गरेर जेल हाल्नु

इकागज |
मंसिर १२, २०८० मंगलबार १२:० बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कांग्रेस महामन्त्री गगन थापालाई संकेत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहको आरोप प्रमाणित गरेर जेल हाल्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले यस्तो सुझाव दिएका हुन् ।

शाहीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने मुख्य पात्र थापा भएको बताउँदै पूर्वराजा ज्ञानेन्द्रलाई मुर्ती चोर र दरबार हत्याकाण्डको आरोप लगाउनेले प्रमाणित गरेर जेल हाल्न कसले रोकेको छ ? भन्दै प्रश्न गरेका छन् ।


'सरकार तिम्रै छ, व्यवस्था तिम्रै छ, सेना तिम्रै छ, प्रहरी तिम्रै छ, अदालत तिम्रै छ, अनुसन्धान तिम्रै छ, राष्ट्रपति तिम्रै छ, दरबार हत्याकाण्ड हुँदा तिम्रै सरकार थियो, रामचन्द्र पौडेल गृहमन्त्री तिम्रै थिए, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तिम्रै थिए' शाहीले फेसबुकमा लेखेका छन् 'होइन भने १२ बुँदे दिल्ली सम्झौता गराउने अमेरिका र युरोपियन युनियनको दास बनेर दिउँसै बर्बराउनु उचित होइन्  यस्ता गतिविधिले मुलुक र समाज सहि मार्गमा अगाडि बढन सक्दैन ।'


Author

थप समाचार
x