दल

भारतसँग खनिए बाबुराम

इकागज |
मंसिर १२, २०८० मंगलबार ७:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय समुदायको समेत सद्भाव रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छेड्छाड् गर्ने हर्कत कसैले गर्न नहुने बताएका छन् । एक ट्‌वीट गर्दै भट्टराईले लोकतन्त्रमा देखिने सामयिक जनअसन्तुष्टी र विवाद लोकतान्त्रिक प्रक्रियाबाटै हल हुन्छ भन्ने हेक्का सबैले राख्नुपर्ने बताएका हुन् ।

उनले भारतीय मिडियाद्वारा नेपालबारे प्रसारित अत्यन्त खतरनाक, दुराशयपूर्ण, प्रतिगमनकारी धार्मिक कट्टरपन्थ र  मृत राजतन्त्र पुनर्स्थापनाको दुस्वप्न भएको बताए ।


नेपाललाई धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रबाट षडयन्त्रपूर्ण ढंगले पछाडि धकेलेर प्रतिक्रान्तिकारी अस्थीरताको भूमरीमा  फसाउँदा त्यसको छालले खुला सिमानाले जोडिएको छिमेकी भारतलाई पनि लपेट्न सक्ने ट्‌वीटमा उल्लेख गरेका छन् ।

'माओवादी क्रान्तिकारी जनयुद्ध अग्रगामी वैज्ञानिक विचारद्वारा निर्देशित र स्वदेशी पहल र नेतृत्वमा सञ्‍चालित भएकाले नै त्यसको शान्तिपूर्ण रूपान्तरण सम्भव र सहज भएको थियो' भट्टराईले ट्‌वीट गरेका छन् 'तर अहिलेको बाहिरबाट षड्यन्त्रमूलक ढंगले थोपर्न खोजिएको धार्मिक कट्टरपन्थ र राजतन्त्र पुनर्स्थापनाको एजेण्डाले देशभक्त नेपालीहरूको प्रतिरोध संघर्षलाई राष्ट्रिय युद्धमा परिणत गरेर हिमाली क्षेत्रमा दीर्घकालीन द्वन्द निम्त्याउन सक्छ र त्यसको आगो भारतभरी सल्कन सक्छ । त्यसैले "आ बयल् मुझे मार्" भनेजस्तो आत्मघाती हर्कत भारतीय सत्तापक्षबाट नहोस् !' 

'लोकतान्त्रिक स्थिरतासहितको स्वतन्त्र र समृद्ध नेपाल नै भारतको जायज सुरक्षा चासोको वास्तविक सहयोगी बन्न सक्छ' उनले भनेका छन् 'तर राजतन्त्रात्मक धार्मिक कट्टरपन्थले अवस्यम्भावी रूपमा निम्त्याउने द्वन्दग्रस्त र अस्थिर नेपालले विश्व महाशक्ति बन्दै गरेको उत्तरी छिमेकी चीनलाई समेत प्रकारान्तरले हिमाल वारी तानेर भारतीय सुरक्षा चासोमा झन् खतरा उत्पन्न गर्नसक्छ ।'


Author

थप समाचार
x