दल

एमाले सुदूरपश्चिम नेतृत्वमा भएन सहमति, आज साँझ मतदान हुने

इकागज |
असोज २३, २०८० मंगलबार ७:२१ बजे

फाइल फोटो

धनगढी -  नेकपा एमाले सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ । ​

सुदूरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५ बजे देखी मतदान सुरु हुनेछ ।


प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो भने राती ९ बजेसम्म उम्मेदवार दर्ता फारम वितरण गरिएको थियो । 

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजे देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेबाट मतदान सुरु हुुनेछ । 

गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेशनको भावी नेतृत्वका लागि सर्वसम्मतको हिजो दिनभरी प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाइएको हो । 

प्रदेश अध्यक्षका लागि अछामका दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन, जसअनुसार अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना रहेका छन भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन । तीन जना बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । 


Author

थप समाचार
x