दल

प्रचण्डको ब्रिफिङ- गृह र सञ्‍चार मन्त्रालय माओवादीले राख्‍छ

इकागज |
चैत १३, २०७९ सोमवार १२:४ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकार विस्तार गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल भएको थियो ।

मन्त्रिपरिषद्‌ विस्तार हुँदा गृह र सञ्‍चार मन्त्रालय माओवादीले राख्‍नुपर्ने नेताहरूले धारणा राखेका थिए । नेताहरूको कुरा सुनेपछि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह र सञ्‍चार माओवादीले राख्‍ने गरी सत्ता गठबन्धनका अन्य दलहरूसँग छलफल अघि बढेको बताएका थिए ।


बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय कांग्रेसलाई दिनेगरी छलफल अघि बढेको ब्रिफिङ गरेका थिए । आफूले सत्ता गठबन्धनमा थप एक मन्त्रालय लिनेगरी छलफल अघि बढाएको प्रचण्डले बताएका थिए ।

र, यो पनि


Author

थप समाचार
x