दल

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

इकागज |
चैत ५, २०७९ आइतबार १३:२ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने भएको छ । आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनका अनुसार न्युनतम साझा कार्यक्रममा रास्वपा पनि सहभागी भएको र स्थिरताका लागि प्रधान्मन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । 


रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको थियो । 

आजै बसेको कांग्रेस केन्द्रीय समितिले पनि विश्वासको मत दिने निर्णय गरेको छ । 

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् । 

 


Author

थप समाचार
x