दल

रवि लामिछाने पुनः पार्टी सभापति बने

इकागज |
माघ १५, २०७९ आइतबार १७:१३ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई सभापतिमा नियुक्त गरेको छ । रास्वपा स्रोतका अनुसार आइतबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पुनः पार्टी सभापतिको जिम्मेवारी दिएको हो । 

लामिछानेले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता लिएका थिए ।


नागरिकता विवादमा दोषी देखिएपछि उनको मन्त्रीसहित पार्टी सभापति पद गुमेको थियो । 


Author

थप समाचार
x