दल

कांग्रेस बैठकः २२ दिने चुनावी अभियानदेखि प्रशिक्षणसम्म

इकागज |
साउन २३, २०७९ सोमबार १६:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घण्टासम्म चलेको थियो ।

सिट बाँडफाँटबारे छलफल गर्न बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।


महामन्त्री गगन थापाका अनुसार कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र संगठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेस गर्नेछन् ।

कांग्रेसले ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ । जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ ।
पदाधिकारी, पूर्व पदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित सोमबारको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए । 
 


Author

थप समाचार
x