दल

माधव नेपाल भन्छन्- केही मन्त्रीहरूले मलाई राजीनामा पत्र दिनुभएको छ, गोजीमा लिएर हिँडिरहेको छु

इकागज |
असार १२, २०७९ आइतबार १३:५८ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन् । अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले केही सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताए ।

'केही मन्त्रीहरूले राजीनामा पत्र मलाई दिनुभएको छ। पार्टीले जुन बेला बाहिर ल्याउने हो त्यो राजीनामा पत्र ल्याइदेओस् भन्नुभएको छ,' उनले भने, 'म गोजीमा लिएर हिँडिरहेको छु । कुनै बेला पत्र बाहिर प्रेसमा पठाएर त्यसलाई म सार्वजनिक पनि गर्नेछु । अरू मन्त्रीहरूले पनि त्यस्तै ढंगले राजीनामा पत्र पठाउनुहुनेछ ।'


अध्यक्ष नेपालले अन्य मन्त्रीहरुले पनि आफूलाई राजीनामा पत्र पठाउने विश्वास व्यक्त गरे । सरकारलाई पार्टीले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न पनि उनले आग्रह गरे । 'पुनर्गठन गर्नका लागि हामीले पठाएको पत्र नै पर्याप्त छ । त्यस आधारमा यो सरकारले तुरुन्त निर्णय लागू गर्ने कुरामा लागोस् ।'


Author

थप समाचार
x