संसद्

संसद्‌ बैठकमा कांग्रेसको अवरोधपछि १३ गतेसम्मका लागि स्थगित

इकागज |
जेठ ११, २०८१ शुक्रबार १२:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आजको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेका हुन् ।


सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।

आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए । कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउँदै बैठक स्थगित गरेका हुन् ।


Author

थप समाचार
x