संसद्

कार्यदलको बैठक शुरु

इकागज |
जेठ १०, २०८१ बिहीबार १६:२९ बजे

काठमाडौं - सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।

बैठक आज सिंहदरवारस्थित कानुन मन्त्रालयमा शुरु भएको हो ।


आजको बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरूमा एउटा मस्यौदाको ड्राफ्ट पेस गर्ने र त्यसमा काँग्रेसको सहमति माग्ने सत्ता पक्षको तयारी रहेको छ ।

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् ।

यस अघि आइतबार भएको कार्यदलको बैठक सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।


Author

थप समाचार
x