संसद्

संसदको कामकारवाहीका लागि बजेटको कमी हुन नदिन सभामुखको आग्रह

इकागज |
जेठ ९, २०८१ बुधबार १५:२८ बजे

फाइल फाेटाे

काठमाडौँ - सभामुख देवराज घिमिरेले संघीय संसदको कामकारवाहीका लागि बजेटको कमी हुन नदिन आग्रह गरेका छन् । 

बुधबार सिंहदरबारमा संसदका लागि आवश्यक पर्ने बजेटका विषयमा विषयगत समितिका सभापतिसहित अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्दै सभामुख घिमिरेले आगामी आर्थिक बर्षमा सचिवालयले प्रस्ताव गरेको बजेट नघटाउन आग्रह गरेका हुन् । 


बजेट अभावका कारण समितिहरूको काम कारबाहीमा असर परेको भन्दै उनले आगामी आर्थिक बर्षमा यसलाई विचार गर्न समेत आग्रह गरेका थिए । 

छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा संसदको बजेटलाई कटौती हुन नदिने गरि अघि बढ्ने आश्वासन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अव्दुल खानले जानकारी दिए । 

छलफलमा बजेटका अभावका कारण भइरहेको समस्याका बारेमा जानकारी गराउँदै समिति सभापतिहरूले संसदको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउन बजेटको कमी हुन नदिन आग्रह गरेका थिए । 


Author

थप समाचार
x