संसद्

सभामुख र प्रमुख सचेतक छलफल, प्रतिनिधिसभाको आगामी तालिका तय

इकागज |
चैत १७, २०८० शनिबार १५:५१ बजे

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकबीच शनिबार छलफल भएको छ ।

शनिबार सिंहदरबारमा भएको छलफलमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ । 


बैठकले आइतबारदेखि बुधबारसम्म हरेक दिन संसद्‌ सञ्‍चालन गर्ने तालिका बनाइएको छ भने चैत २७, २८ र २९ गते पनि लगातार संसद संचालन गर्ने तालिका बनाइएको छ । अब आइतबार विहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । 
 


Author

थप समाचार
x