संसद्

कांग्रेसको विरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित

इकागज |
चैत २, २०८० शुक्रबार १६:५५ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगित भएको छ । यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो । 

दोस्रो पटक बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । 


सभामुखले सो अनुमति दिने बित्तिकै कांग्रेसका सांसदहरूले वेल घेराऊ गरेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । 

प्रतिनिधिसभाको अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्नेछ ।


Author

थप समाचार
x