संसद्

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : सोमबार बिहान ११ बजेदेखि मनोनयन दर्ता

इकागज |
फागुन २७, २०८० आइतबार १९:५ बजे

फाइल तस्बिर

काठमाडौँ- सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि सोमबार बिहान ११ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।


राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सी मंगलबार चुनाव हुँदैछ । सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ ।


Author

थप समाचार
x