संसद्

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकेको जानकारी

निर्वाचनका लागि मनोनयन दर्ता सोमबार

इकागज |
फागुन २७, २०८० आइतबार १४:६ बजे

काठमाडौँ- ​राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकेको जानकारी गराएकी छन् ।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन् । उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाइ निर्देशन समेत दि​इन् ।


राष्ट्रियसभाका अध्यक्षको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न गरेको प्रस्ताव गरेको थियो ।


Author

थप समाचार
x