संसद्

संसदमा एमालेको नाराबाजी

इकागज |
फागुन १४, २०८० सोमबार ११:४४ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ । 

सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए । 


सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए । 

तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन नखोजेपछि एमाले सांसदहरूले नाराबाजी गरे । सभामुख घिमिरेले सोमबारको बैठक महत्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे । तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसद उठेर विरोध जनाइरहे । 

यसपछि सभामुख घिमिरेले सोमबार नै बस्नेगरी १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् । 


 


Author

थप समाचार
x