संसद्

सरकारले किसानको दूधको भुक्तानी तुरुन्त देओस् : दीपकबहादुर सिंह

इकागज |
फागुन ११, २०८० शुक्रबार ११:४४ बजे

काठमाडौँ - राप्रपाका संसद दीपकबहादुर सिंहले किसानले दूधको भुक्तानी नपाएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै भुक्तानी नपाएर किसानले दूध पोखिरहेको छ सरकार पैसा छैन भन्छ किसानको पैसा तुरुन्त देओस् । 

'सरकार पैसा छैन भन्छ, किसानलाई काठमाडौँ आइज र आत्मदाह गर भन्न खोजेको हो' उनले प्रश्न गरे । संसद विकास कोषमा रहेको ५ करोड किसानलाई भुक्तानी दिन पनि उनले आग्रह गरे । 


मिटरब्याजी र ठगलाई सरकारले संरक्षण गरिरहेको उनले आरोप लगाए । 'टाढाबाट जनता काठमाडौँ आएको छ पानीले बस्न दिएको छैन सरकार के हेरेर बसेको छ', उनले प्रश्न गरे । यो व्यवस्थाप्रति सोच्नुपर्ने उल्टाउनुपर्ने अवस्था आएको उनले बताए । 


Author

थप समाचार
x