संसद्

संसद्‌मा प्रधानमन्त्री प्रचण्डलाई फटाहा भनेपछि...

इकागज |
फागुन १०, २०८० बिहीबार १४:५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरूले नियमापत्ति गरेका छन् ।

बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री प्रचण्डसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि सत्तारुढ दल कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।


‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । त्यसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।

सांसद थिङले गरेको नियमापत्तिप्रति सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए ।


Author

थप समाचार
x