संसद्

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत हुँदै

इकागज |
फागुन १०, २०८० बिहीबार ९:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्दैछ । 

संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।


उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x