संसद्

निर्दोषलाई उजुरी मागेर फसाउने र आफ्नो मान्छेलाई जोगाउने काम भयो : रवि लामिछाने

इकागज |
फागुन ६, २०८० आइतबार १२:५८ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार छानबिनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले ललिता निवास, भुटानी शरणार्थी प्रकरणको छानबिनमा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका हुन् । 


उनले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने तर वरपरका मान्छेलाई नछुने काम भएको जिकिर गरे । उनले नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार बन्न नहुने धारणा राखे । 

सरकारले भ्रष्टाचारको फाइल खोल्ने भए रास्वपाका मान्छेहरुको फाइल खोल्न उनले चूनौति दिए । त्यस्तै सभापति लामिछानेले बालकुमारी घटनामा सरकारी आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारवाही गर्न माग गरे । 

बालकुमारी घटना सामान्य नभएको भन्दै उनले प्रतिवेदनले दिएका निष्कर्षलाई सरकारले कसरी कार्यान्वयन गर्छ भनेर रास्वपाले हेरिरहेको बताए । 


Author

थप समाचार
x