संसद्

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

इकागज |
पुस ८, २०८० आइतबार ९:४४ बजे

काठमाडौँ - आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तुतकर्ता सदस्यहरुसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुनेछ ।



Author

थप समाचार
x