संसद्

‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन

इकागज |
जेठ २५, २०८० बिहीबार १७:४० बजे

फाइल फोटो

काठमाडौँ - उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी छिन् । 

आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावलीको प्रयोग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने वाक्यले अन्धा समुदायलाई चोट पुगेको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका हुन् । 


सांसद ढकालको नियमापत्तिपछि उपसभामुख रानाले सो शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी हुन् । आगामी वर्षको बजेटका बारेमा सांसदहरू छिरिङ डम्डुल लामा (भोटे), नागिना यादव, विद्या भट्टराई, डिल्लीराज पन्त, अमृतादेवी अग्रहरीलगायतले आफ्ना विचार राखेका छन् । 

राजस्व बढाउन विद्युत् र पर्यटनमा महत्त्व दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए । कृषिलाई पनि बजेटले प्राथमिकता दिए आयात कम गर्न सकिनेमा सांसदहरूको भनाइ थियो ।रासस
 


Author

थप समाचार
x