संसद्

भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफलको छैन : प्रधानमन्त्री

इकागज |
जेठ २२, २०८० सोमबार १५:३५ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाबारे छलफल भएको बताएका हुन् । 

दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै उनले सीमा विवाद समाधानदेखि पारवनका विषयमा कुराकानी भएको जानकारी दिए । 
 



Author

थप समाचार
x