संसद्

संसदमा एमाले, राप्रपा र रास्वपाकाे नाराबाजी, बैठक एक घण्टाका लागि स्थगित

इकागज |
जेठ २१, २०८० आइतबार १२:५१ बजे

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा, रास्वपालगायतको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । 

प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणका क्रममा गरेका वार्ता र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रहितविपरीत भएकाले त्यसउपर छलफल नहुँदासम्म संसद् बैठक अगाडि बढ्न नदिने भन्दै विरोध गरेका थिए । 


प्रतिपक्षी दलहरुले प्रधानमन्त्री प्रचण्डले संसदमा यी विषयमा जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख देवराज घिमिरेले संसद एक घण्टाका लागि स्थगित गरेका हुन् । 

आजको प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने कार्यसूची छ ।


Author

थप समाचार
x