संसद्

प्रतिनिधिसभा बैठक आज: प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

इकागज |
जेठ १२, २०८० शुक्रबार ७:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- आज प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औँ बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ ।


आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रबार संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएकाे सम्बोधनमा उल्लेखित आव २०८० ८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । 


Author

थप समाचार
x