संसद्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
चैत १५, २०७९ बुधबार ८:२५ बजे

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची छ । 

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 



Author

थप समाचार
x