प्रमुख समाचार

गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

इकागज |
बैशाख २, २०७९ शुक्रबार १४:४८ बजे

काठमाडौं –कैलालीकाे एक गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाे छ ।

मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनाप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेकाे हाे ।


अख्तियारले तत्कालीन उपाध्यक्ष तथा कार्यबाहेका अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन गाउँपालिका सदस्यविरुद्ध मुद्दा दायर गरेकाे हाे । 

अख्तियारले उनीहरुविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयाँ हिनाहिना गरेको आरोपमा मुद्दा चलाएको हो ।


Author

थप समाचार
x