प्रमुख समाचार

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट

सुभाष कर्ण |
पुस ७, २०७८ बुधबार १७:१४ बजे

जनकपुरधाम -  नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन गराउने/नगराउने विषयमा कुटाकुट भएकाे छ । निर्वाचन स्थल जनकपुरधामकाे गाेपाल धर्मशालामा सभापतिका उम्मेद्वार रामसराेज यादव र कृष्ण यादव समूहबीच आज निर्वाचन गराउने/नगराउने विषयमा भएकाे विवादमा कुटाकुट भएकाे हाे ।

साे कुटाकुटमा आधा दर्जन व्यक्ति घाइते भएकाे र निर्वाचन स्थलमा ताेडफाेड भएकाे छ । प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन ढिलो गरेकाे र मतपत्र समयमै नछापिएकाे कारण बिहान ८ बजे हुने भनिएकाे निर्वाचन ढिलाे हुन गएपछि विवाद भएकाे हाे । 


 निर्वाचन अधिकृत प्रल्हाद गाैतममले दुवै समूह सहमति गरेर आएपछि मात्रै निर्णय हुने जानकारी दिए । अहिले निर्वाचन स्थलमा दुवै समूहले हाेहल्ला र नाराबाजी गरिरहेका छन् । निर्वाचन स्थलकाे अवस्था तनावग्रस्त छ भने व्यापक रूपमा प्रहरी परिचालन गरिएकाे छ । प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेद्वार छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x