प्रमुख समाचार

कांग्रेस अल्पसंख्यकतर्फ सुनुवार बने केन्द्रीय सदस्य

इकागज |
पुस ५, २०७८ सोमबार १९:२७ बजे

काठमाडौँ – नेपाली कांग्रेसको अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । 
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फ आज सम्पन्न अन्तिम मतपरिणामपछि सुनुवार निर्वाचित भएका हुन् ।  

अल्पसंख्यकतर्फ कुल खसेको ४६३५ मतमध्ये उनले २१७१ मत ल्याए । उनका प्रतिष्पर्धी टीका सुब्बा लेप्चाले १०२३ मत मात्र ल्याए ।  यस्तै तेस्रो स्थानमा रहेका हरि बहादुर घलेले ६०९ मत ल्याए । चौथो स्थानमा रहेका ओम प्रकाश शर्मा ५३६ मत र प्रेमबहादुर छन्त्याल २०६ मत ल्याउँदै पाँचौँ स्थानमा रहे । 


खसेको मतमध्ये ९० मत बदर भएको थियो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्य क्लस्टरका केन्द्रीय सदस्य पदका उम्मेदवारको मत गणना जारी छ ।  


Author

थप समाचार
x