प्रमुख समाचार

कांग्रेस महिला केन्द्रीय सदस्यमा ३३५० भोट गणना गर्दा कसले कति ल्याए ?

इकागज |
पुस ५, २०७८ सोमबार १८:२७ बजे

काठमाडौँ –  नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मत गणना पार्टी मुख्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिलेसम्म ३३५० मत गणना सकिएको छ । ३३५०  मत गणना गर्दा डिला संग्रौलाले अग्रता कायमै राखेकी छन् । उनले २०७९ मत ल्याउँदा पुष्पा भुसालले १९७५ र आरजु राणा देउवाले  १८५० मत ल्याएकी छन् ।  त्यस्तै अम्बिका बस्नेत१६७७, ईश्वरी न्यौपाने १६२७, सरिता प्रसाईं १५१०, रमा कोइराला १३५५, सुशिला ढकाल १३०६, रंगमति शाहीले १३०८मत ल्याएकी छन् ।

कांग्रेसको खुला महिला केन्द्रीय सदस्य ९ जनाको लागि ३० जना चुनाव लडेका छन् ।   



Author

थप समाचार
x