प्रमुख समाचार

३०५० मत गणना गर्दा डिला पहिलो, पुष्पा दोस्रो र आरजु तेस्रोमा

इकागज |
पुस ५, २०७८ सोमबार १७:३२ बजे

काठमाडौँ –  नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मत गणना पार्टी मुख्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिलेसम्म ३०५० मत गणना सकिएको छ । ३०५०  मत गणना गर्दा डिला संग्रौलाले अग्रता कायमै राखेकी छन् । उनले १९०६ मत ल्याउँदा पुष्पा भुसालले १८०७ र आरजु राणा देउवाले पनि १६८८ मत नै ल्याएकी छन् । 
त्यस्तै 

कांग्रेसको खुला महिला केन्द्रीय सदस्य ९ जनाको लागि ३० जना चुनाव लडेका छन् ।  निर्वाचन समितिकाअनुसार अहिलेसम्म धेरै मत ल्याउने नौ जनामा अम्बिका बस्नेत १५२९, ईश्वरी न्यौपाने १४९४, सरिता प्रसाईं १३७१, रमा कोइराला १२३६, सुशिला ढकाल ११९५, रंगमति शाहीले  ११८८ मत ल्याएकी छन् । कांग्रेस महिला केन्द्रीय सदस्यको ९ जनाको लागि ३० जना चुनावी मैदानमा छन् ।  



Author

थप समाचार
x