प्रमुख समाचार

सुदूरपश्चिमका ३ मन्त्रीलाई एमालेले पार्टीबाटै निकाल्यो

नवराज पनेरु |
जेठ १४, २०७८ शुक्रबार १९:३३ बजे

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि तीन मन्त्रीलाई सदस्यबाटै निष्कासन गरेको छ । केन्द्रको निर्णय उल्लंघन गरेको र पार्टी फुटाउन अग्रसर भएको भन्दै शुक्रबार उनीहरूलाई पार्टीबाट निष्कासन गरेको हो ।

निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । सुवेदी र भट्टले भने माधव नेपाल समूहको विवाद मिलाउन आज राजीनामा दिएका थिए । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिएको भन्दै निष्कासन गरिएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।


रावलका अनुसार स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशन विपरीत उनीहरुले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुन अटेरी गरेका थिए । उनीहरूलाई प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेकोमा स्पष्टीकरण चित्तबोझ्दो नआएको प्रदेश कमिटीले जनाएको छ ।


Author

थप समाचार
x