प्रमुख समाचार

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचन घोषणा

चन्द्रशेखर अधिकारी |
जेठ ८, २०७८ शनिबार २:२८ बजे

काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको केही बेरमै राष्ट्रपति कार्यालयले यस्तो घोषणा गरेको हो ।

मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको जानकारी राष्ट्रपति कार्यालयको वेवसाइटमा एक बजेर ४९ मिनेटमा पोस्ट भएको छ । 


शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा भंग गरी मध्यावधि निर्वाचन मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको जनाए लगत्तै मन्त्रिपरिषद्‌ बैठक बसेको थियो ।

बालुवाटार र शीतल निवास रातभर जाग्राम रहेर भए पनि ओलीकाे २०७७ पुस ५ काे चाहना पूरा गर्ने काम भएको छ । हस्ताक्षर र सांसद त्यही उपस्थित हुँदा पनि अनेकन वहाना झिकेर उनले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय लिएर ओलीको कदमलाई साथ दिएकी थिइन् ।

राष्ट्रपतिको निर्णयलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍को बैठक राखेर  प्रतिनिधि सभा विघटन गर्ने र मध्यावधि चुनावको मिति तोक्ने काम गरेका थिए । यसबारेमा पहिले नै तयारी रहेकाे पनि एक मन्त्रीले जानकारी  दिएका थिए । याेजना एक, दुई र तीन सबै थिए भन्दै त्यही अनुरुप यस्ता कार्य भएका हुन् । उनकै मन्त्रिमण्डलमा रहेका समेत यस्ता कार्यबाट सन्तुष्ट छैनन् र विराेध गर्न नि सकेका छैनन् । 

यस्तो छ राष्ट्रपति कार्यालयकाे विज्ञप्ति :


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x