प्रमुख समाचार

धरानमा पनि लौरो अगाडि, साम्पाङ २ हजार ६६७ मतले अगाडि

इकागज |
जेठ ७, २०७९ शनिबार १३:२८ बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन् । 

उनले शनिबार दिउँसोसम्म १५ हजार ७७ मत प्राप्त गरेका छन् । ४७ हजार ९५ मतगणना गर्दा उनले सो मत प्राप्त गरेका हुन् । 


उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १२ हजार ४१० मत प्राप्त गरेका छन्।  साम्पाङ राईभन्दा २ हजार ६६७ मतले अगाडि छन् । 

त्यस्तै नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले १० हजार ११२ मत प्राप्त गरिन् । उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघाले १४ हजार ९७९ मत प्राप्त गरे। एमालेका उम्मेदवार पदम इस्वोले १३ हजार ७२६ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x