छिमेक

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

इकागज |
कात्तिक २९, २०७८ सोमबार ७:३३ बजे

भारत- भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् ।  दुई देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।

'भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,' सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्न लागेका हुन् ।


रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उहाँको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । (एएनआई)


Author

थप समाचार
x