छिमेक

नेपाली मुलका एलेक्स कार्की अष्ट्रेलियाको सत्तारुढ दलबाट सांसद पदका उम्मेदवार

इकागज |
माघ १०, २०७९ मंगलबार १०:३५ बजे

काठमाडौँ-  पछिल्लो समय प्रवासमा नेपालीहरू बिभिन्न क्षेत्र, तह र तप्कामा उपस्थिति जनाउने क्रम बढ्दो छ । यही क्रममा अष्ट्रेलियाको सत्ताधारी लेबर पार्टीले नेपाली युवा एलेक्स कार्कीलाई सांसदको  उम्मेदवार बनाएको छ । कार्की इन्जिनियर हुन । अष्ट्रेलियाको सत्तारूढ पार्टीले कार्कीलाई राज्य सांसदको उम्मेदवार बनाएको हो ।

अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयबाट ब्याचलर अफ इन्जिनियरिङ र मास्टर अफ रिसर्च (ट्रान्सपोर्ट प्लानिङ)को उच्च शिक्षा पूरा गरेका कार्की सिड्नीको बेलाभिस्टामा बस्दै आएका छन् । पेशाले इन्जिनियर भएता पनि कार्कीले अस्ट्रेलियन राजनीतिलाई लामो समयदेखी नजिकबाट नियाल्दै आएका थिए । यसको निरन्तरता स्वरुप सत्तारुढ पार्टीले आफूलाई उम्मेदवार बनाएको कार्की बताउँछन् । ‘


यहाँको मूल राजनितीबारे जानकार भएका कारण पनि मैले यो साहस गरेको हो र मेरो यो साहसलाई लेबर पार्टीले पनि साथ दिएको छु' ऐलेक्सले भने । उनी स्थानीय यातायात, स्कुल र स्वास्थ्यका विषयमा बढि जागरूक छन् भने त्यस अनुरूप विभिन्न कृयाकलापहरूमा उनले आफूलाई लामो समयदेखि अभ्यस्त गराउँदै आइरहेका छन ।

ऐलेक्स कार्कीलाई लेबर पार्टीले अस्ट्रेलियाको संघीय चुनावमा राज्य सांसद पदका उम्मेदवार बनाउनुलाई अष्ट्रेलियाको नेपाली समाजले गौरवको रूपमा लिएको छ -‘ सिड्नीको केलिभिल, बेलाभिष्टा, नरवेष्ट, बकमहिल्स, राउजहिलको स्थानीय जनसरोकारका मुद्दामा म आफूलाई पूर्ण रूपमा भिजाउने छु र जागरूक भएर लाग्ने छु ‘ ऐलेक्सले भने । उनले  राजनीतिक मुद्दाका निम्ति उपर्युक्त योजना र त्यसको संस्थागत विकासका लागि चाहिने विकास, सडक योजना, शैक्षिक वातावरणमा  सहजीकरण, हिल्स समाजलाई अत्यन्तै आवश्यक हस्पिटल र समुदायलाई चाहिंने आवश्यक सेवा र सुविधाका लागि चाहिने योजना आफूसँग रहेको बताएका छन् ।

अस्ट्रेलियाको एनएसडब्लू राज्यको निर्वाचन आगामी मार्च २५ तारिखमा हुँदैछ। एलेक्सले यस पटकको निर्वाचनमा आफ्ना क्षेत्रका तथा समग्र अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग साथ र सहयोगको अपेक्षा राखेका छन्। 


Author

थप समाचार
x