संगीत

गजल गायक पंकज उदासको निधन

इकागज |
फागुन १४, २०८० सोमबार १७:२ बजे

काठमाडौँ- भारतीय गजल गायक पंकज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको मृत्यु भएको परिवारले पुष्टी गरेको छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै गजलकारको निधन भएको बताएका छन् ।

उनको आज बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको थियो ।


‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी परेका पद्मश्री पंकज उदासको आज फेब्रुअरी २६ मा निधन भएकोमा हामी उदास परिवार दुःखी छौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

 


Author

थप समाचार
x