संगीत

गायिका संगम लामिछानेको ‘ए गौरी’ को भिडियो सार्वजनिक

इकागज |
माघ ६, २०८० शनिबार २१:० बजे

काठमाडौंँ- चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ ।

उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारीका साथै रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको छ । गीत संगम लामिछाने युट्युब च्यानलबाट सार्वजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतिले खिचेका हुन् । 


रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गीत 'हे मेरो सानु' की गायिका संगम लामिछाने काठ क्षेत्रकी चर्चित गायिका हुन् । काठ क्षेत्र मात्र नभएर पश्चिमी गीतसम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमी गीत बजारमा लिएर आएकी हुन् । बहुचर्चित गीत 'बस बस पियारि' का संकलक तथा  गायक बद्री सापकोटासंगको सहकार्यमा झ्याउरे गीत 'ए गौरी' गायिका संगम लामिछानेले सार्वजनिक गरेकी हुन् ।

भिडियो:


Author

थप समाचार
x