संगीत

‘क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३’ मा गायक पौडेलको '१८ कट्याैँ कि कटिनाैँ' मा झुमे दर्शक

इकागज |
पुस १६, २०८० सोमबार २०:४६ बजे

काठमाडौँ- तेश्रो संस्करणको ‘क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३’ कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । यहीं पुस १३ गते शुक्रबार सम्पन्न उक्त 'अवार्ड शो' नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जुरीको रूपमा रहेका चर्चित गायक नविनकुमार पौडेलले आफ्नो चर्चित गीत ‘१८ कट्यौं कि कटेनौं’ गाएर दर्शक तथा स्रोताहरूलाई नचाएका थिए । यो सँगै दर्शक तथा स्रोताहरूमाझ गायक पौडेलले आफ्नो छवि झनै राम्रो बनाउन सफल भएको अग्रज कलाकारहरूले प्रतिक्रिया दिएका थिए । 


यसअघि गत मंसिर ११ गते मलेसियामा भएको तेश्रो संस्करणको ‘क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३’ को जुरीमै गायक पौडेल रहेका थिए । उक्त अवार्ड कार्यक्रममा पनि गायक पौडेलले आफ्नै चर्चित गीत ‘१८ कट्यौं कि कटेनौं’ गाएर मलेसियामा रहेका नेपाली दर्शक/स्रोताहरूलाई नचाउनुका साथै सहभागी सबैको मन जित्न सफल भएका थिए ।

सो गीत प्रस्तुत गरिसकेपछि गायक पौडेललाई मलेसियाका लागि नेपाली राजदूत डिल्ली राज पौडेलले भेटेर बधाई तथा शुभकामना दिएका थिए । मलेसियापछि पुनः नेपालमा पनि यो अवार्ड शो गरिएको हो ।

उक्त अवार्ड कार्यक्रमको जुरी गायक पौडेलले नेपालमा पनि आफ्नो गीतको बेजोड प्रस्तुती गरेका थिए । आफ्नो गायन प्रस्तुतीले गायक पौडेलले अग्रज कलाकारहरूको साथै अवार्ड विजेता र दर्शक तथा स्रोताहरूको मन जितेका थिए । मीठो स्वरका धनी गायक पौडेलले यसअघि पनि आफ्ना थुप्रै गीतमा प्रस्तुती गरिसकेका छन् ।

पौडेलका दर्जनौं चर्चित गीतहरू नेपाली सांगीतिक बजारमा सार्वजनिक भइसकेका छन् । पछिल्लो पटक भने ‘१८ कट्यौं कि कटेनौं’ बोलको गीतले स्वदेश तथा विदेशमा रहेका नेपाली गीत/संगीत पारखीको मन राम्रैसँग तानेको अनुभव गायक पौडेलको छ ।


Author

थप समाचार
x