संगीत

हास्य कलाकार राजा राजेन्द्रको ‘सालको पात’ गीतमा वैदेशिक रोजगारीको पीडा

इकागज |
असोज ४, २०८० बिहीबार १६:११ बजे

काठमाडौंँ - हास्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले बैदेशिक रोजगारिको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन् । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका ब्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा ब्यक्त गरिएको छ । गीतमा शब्द तथा संगीत श्रमदीप चौलागाईको छ । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् ।

गीतको भिडियोमा पनि बैदेशिक रोजगारिको सिलसिलामा विदेश गएएका एक ब्यक्ति विदेशको जेलमा पर्दा त्यसको परिवारले उसलाई नेपाल ल्याउन गर्ने बिभिन्न संघर्षको कथा बुनिएको छ । गीतको पिपडालाई भिडियो झन् दर्शाएको छ ।


अभिनेत्री शिल्पा पोखरेल, सुरवीर पण्डित र युवराज गौतमकोको अलवा बालकलाकारको एलेक्स खड्काको अभिनय रहेको भिडियो निकै मार्मिक बनेको छ । भिडियोमा युवराजले विदेशिने युवक, शिल्पाले युवकको श्रीमती र सुरबिरले बुबा र बालकलाकारले छोरोको भुमिका निर्वाह गरेका छन् । युवराजको यो पहिलो भिडियो हो । पहिलो भिडियोबाटै उनले अभिनयमा राम्रो सम्भावना देखाएका छन् ।

दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईले गरेका हुन् । गीतले बैदेशिक रोजगारिमा जाने ब्यीक्तको पिडा ब्यक्त गरेकोले सबैले मनपराउने विश्वास आफुले लिएका गायक राजा राजेन्द्र पोखरेलले बताए । ‘हामीले गीत लामो समयसँग प्रथामिकता पर्ने हिसावले निर्माण गरेका हौ’, पोखरेलले भने ‘गीतले आपत्तमा परेका नागरिकलाई पनि झक झकाउछ ।’ राजेन्द्रका अहिलेसम्म ४ गीत बजारमा आएका छन् । गायन पनि कलाकारिताको एउटा महत्वपुर्ण पाटो भएकोले आफुले अभिनयको अलवा गायन पनि गर्दै आएको पोखरेलले बताए । 


 


Author

थप समाचार
x