संगीत

वरिष्ठ लोक दोहोरी गायक खड्ग गर्बुजाको स्वरमा आयो 'लाहुरे' ठाडो भाका

इकागज |
बैशाख २, २०८० शनिबार १४:४८ बजे

काठमाडौं - वरिष्ठ लोकगायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत लाहुरेः ठाडो भाका सार्वजनिक भएको छ । नयाँ वर्ष २०८० वैशाख १ गते सार्वजनिक भएको गीतमा शब्द तथा संगीत गर्बुजाकै रहेको छ । द भ्वाइस अफ नेपालकी ताराश्रीष मगरले गर्बुजालाई गायनमा साथ दिएकी छन् ।

‘लाहुरेको मनको कुरा बोलेको छ यो गीतले । गण्डकी अञ्चलमा रहेका गुरुङ मगरहरू लाहुरे जाँदा गाइने गीत हो, लाहुेर’, गीतको सन्दर्भ जोड्दै भने उनले । गर्बुजालाई सालैजो सोरठी, यानिमाया ठाडो भाका कौरा झ्याउरे ख्यालीजस्ता लोकप्रीय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन् ।


गायक गर्बुजाले पुराना गीतलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने बताए । कालीगण्डकीको सेरोफेरोमा मौलिकपन झल्किने गायक गर्बुजा सालैजो, ठाडो भाका, यानीमाया, कौराजस्ता गीत गाउँदै आएका छन् । तीस वर्षदेखि लोकदोहोरी गीतमा आफ्नो स्वर दिदै आएका गायक गर्बुजाको लाहुरे ठाडो भाकाले लाहुरेको कथा भन्छ । गीतको भिडियोमा पुराना अभिनेता राहुल केसी र अभिनेत्री केकी अधिकारीको रहेको छ ।

राजु केसीको निर्देशनमा तयार भएको गीतलाइ रक्षा बानिया र आकाश केसीले निर्माण गरेको हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको लाहुरेमा केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 


Author

थप समाचार
x