संगीत

आर्टमान्डुको नयाँ गीत 'माया जाने हो त' ट्र्याक्टरमा

इकागज |
चैत २४, २०७९ शुक्रबार ११:४९ बजे

काठमाडौं -  'गुडाउने ट्र्याक्टरले उडाउने हेलिकोप्टरले'आर्टमान्डुले नयाँ म्युजिकल फिल्म माया जाने हो त ट्र्याक्टरमा सार्वजनिक गरेको छ। ट्रयाक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रतिबिम्बित गर्ने गरी उक्त गीत सार्वजनिक गरिएको हो। एक नारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको स्वर तथा संगीत सुन्न सकिन्छ। गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको अभिनय रहेको छ।

'तीनपाते', 'के माया लाग्छ र र? ', 'घुमीघुमी'जस्ता चर्चित म्युजिकल फिल्म निर्माण गरेको आर्टमान्डुको यो फरक प्रयास हो। 'स्टाइलको पराकाष्ठ अनि जीवनमा अधिकतम बाँच्, हास्न, नाच्न जानेका मजेदार पात्रमाथि  यो सिर्जना समर्पित गर्न पाउँदा एकदम खुशी छौं' निर्देशक नवीन चौहान भन्छन्। 
गत वर्ष पाँचथर, इलामको सीमानामा रहेको  सप्तमी बजारमा यो भिडियोको छायांकन गरिएको थियो। 
यसपछि आर्टमान्डूले 'अटो गीत' पनि छिट्टै सार्वजनिक गर्ने निर्देशक चौहानले बताए। निर्देशक चौहान म्युजिकल फिल्मसँगै फिचर्ड फिल्मको तयारीमा पनि जुटेका छन्।



Author

थप समाचार
x