संगीत

'को होला त्यो’ गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जुसँग विवाह

इकागज |
मंसिर १६, २०७९ शुक्रवार ११:१३ बजे

काठमाडौँ-  'को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ  जस्ता हिट लोकपप  गीतका गायक सुनिल गिरीले लगनगाँठो कसेका छन् । गायक तथा संगीतकार गिरीले उदयपुरकी  अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

हालै ५  महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको फ्यानलाई जानकारी दिएका हुन् । गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड  म्युजिक भिडियोमा उनीहरु स्वयमले अभिनय समेत गरेका छन् ।

विवाहको खबर आफ्नो म्यूजिक भिडियो बनाएर सार्वजनिक गर्ने गिरीको यो शैलीलाई धेरैले रुचाएका छन् । नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै  गरेका हुन् । जसको सम्पादन र कलरिगं विवेक बिकले गरेका हुन् ।



Author

थप समाचार
x