संगीत

टेलर स्विफ्टले किन सम्पादन गरिन् ‘एन्टि हिरो’को भिडियो ?

इकागज |
कात्तिक ११, २०७९ शुक्रबार १४:६ बजे

लसएन्जल्स-  गायिका टेलर स्विफ्टले सार्वजनिक भएको केही दिनमै भिडियो सम्पादन गरेकी छिन् । केही दिनअघि सार्वजनिक टेलरको गीत ‘एन्टि हिरो’को भिडियोको एक दृश्यलाई लिएर दर्शकले चित्त दुखाएको पाएपछि उनले पुनः सम्पादन गरेकी हुन् ।

सार्वजनिक हुने बित्तिकै संगीत जगतमा अनेक कीर्तिमान कायम गर्न सफल ‘एन्टि हिरो’को एक गीतमा टेलरलाई वजन नापिरहेको देखाइएको थियो जहाँ उनलाई ‘मोटो’ भएको संकेत देखाइन्छ र यो देखेर टेलरले मुख खुम्च्याएकी छिन् । दर्शकले यही दृश्यमा आपत्ति जनाएका हुन् । टेलरले मोटोपनको मजाक उडाएको भन्दै विरोध भएपछि उनले यो दृश्य सम्पादन गरेकी हुन् । यो भिडियोको निर्देशन पनि टेलर स्वयंले गरेकी थिइन् । 


‘एन्टि हिरो’ टेलरको नयाँ एल्बम ‘मिडनाइट’मा समावेश एउटा गीत हो । यो गीतले स्पटिफाईमा २४ घन्टामा सर्वाधिक सुनिने गीतको रेकर्ड कायम गरिएको थियो । स्रोताको चाप धेरै भएपछि स्पटिफाई केही समयका लागि ‘क्रयास’ भएको थियो । तर यो सफलतालाई मोटोपनको विवादले ओझेलमा पारेका थियो । धेरैले यसको आलोचना गरे पनि केहीले भने टेलरले आफ्नो शरीरको समस्यालाई अभिव्यक्त मात्र गरेको भन्दै उनको समर्थन गरेका थिए । 
 


Author

थप समाचार
x