नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

इकागज |
पुस २०, २०७८ मंगलबार १२:१५ बजे

फाइल फाेटाे

काठमाडौँ- नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड गरेको छ ।

काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरे बिनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यका भित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड गरेको हो । 


‘चुरे विनास एवं बालुवा, ढुंगागिटीको चरम दोहनले पानीको सतह सयौं फिट तल जाने, डुबान र कटानले धनजनको क्षति हुने, साथै मधेशको मरूभूमिकरणको कारक चुरे दोहनको प्रक्रिया रोक्न तथा नदी प्रणाली र काठमाण्डौं उपत्यकाभित्र रहेको माटो, बालुवा उत्खनन तथा प्रशोधन तत्काल बन्द गर्न प्रभावकारी कदम चाल्न यो महाधिवेशन आग्रह गर्दछ’ पारित प्रस्तावमा भनिएको छ ।
 


Author

थप समाचार
x