नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

माओवादी केन्दको निर्वाचन कार्यतालिका पुनः संशोधन, मनोनयन दर्ता ४ देखि ६ बजेसम्म

इकागज |
पुस १८, २०७८ आइतबार १४:४३ बजे

काठमाडौँ - माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । संशोधित कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता आज अपराह्न ४ देखि ६ बजेसम्म तोकिएको छ। मनोनयनपत्र दर्ताको सूची साँझ ६ः३० बजे प्रकाशन गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

यस्तै, उम्मेदवारको विरोधमा उजुरी साँझ ७ बजेसम्म दिने,  उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ७ः१५ सम्म, ७ः४५ सम्म उजुरीमाथि छानबिन र निर्णय, ८ बजे उम्मेदवारको नामावली पुनः प्रकाशनको समय तोकिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तै मतदान भाेलि  बिहान ८ बजेदेिख साँढे १ बजेसम्म हुने भएकाे छ । मतदान सकिएकाे १ घण्टापछि मत गन्न सुरु गरिने छ ।



Author

थप समाचार
x