नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

माओवादी महाधिवेशन :

बाँकी १४ समूहले आज आफ्नाे निष्कर्ष सुनाउने

इकागज |
पुस १५, २०७८ बिहीबार ११:५२ बजे

फाइल फाेटाे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहालको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो ।


बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ । बुधबार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले बिहीबार प्रस्तुत गर्नेछन् । 

जारी बन्दसत्रमा बाँकी समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ । प्रतिवेदनमाथि उठेका जिज्ञास र प्रश्नको बिहीबारै अध्यक्ष दाहालले जवाफ दिने बताइएको छ । 

गत आइतबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । 
 


Author

थप समाचार
x