नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

होला त माओवादी नेताहरूको सम्पत्ति छानबिन ?

इकागज |
पुस १५, २०७८ बिहीबार ७:३७ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ । मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ । बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ । आफ्नो समूहमा छलफल गरेर सुझाव दिएका मध्ये धेरै टोली नेताले नेताहरुको सम्पत्निका बारेमा प्रश्न उठाएका थिए । उनीहरुले आफ्नो समूहमा छलफलका क्रममा नेताहरुको सम्पत्ति छानबिन गर्न विषय उठाएको उनीहरुको भनाइ थियो । 


प्रदेश २ बाट सत्यनारायण भगतले टोली नेताको रुपमा प्रस्तुती गरेका थिए उनले  नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्न निष्कर्ष सुनाएका थिए । 

गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि आफ्नो समूहमा नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा उठेको भन्दै यसबारे गम्भिर हुन  जाँच गर्न सुझाव दिइन् । उनको समूहमा एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्था देखि एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाउने सम्मको सुझाव आएको थियो । 

त्यस्तै कर्णाली प्रदेशबाट विमला केसीले पेस गरेको सुझावमा पनि नेतारुको सम्पत्ति सार्वजनिक गर्न माग गरिएको छ ।


Author

थप समाचार
x