साहित्य

मुना अर्यालको 'महाकाश' विमोचन

इकागज |
असोज ६, २०८० शनिबार १६:५१ बजे

मकवानपुर- महाकाव्यकार मुना धिताल अर्यालको महाकाव्य 'महाकाश' शनिबार हेटौँडामा विमोचन गरिएको छ । 

ओशोको जीवनीमा आधारित अर्यालको  महाकाव्य 'महाकाश'  मातृभूमि साहित्य समाजको २५ औं वार्षिकोत्सवका अवसरमा विमोचन गरिएको हो । 


बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तान, डाक्टर जगमान गुरुङ लगायतले महाकाव्य 'महाकाश' विमोचन गरेका थिए ।  

२००७ पौष २७ गते गोरखामा जन्मिएर हेटौँडालाई कर्मथलो बनाएकी अर्यालका यसअघि ईश्वरराम्मा अनूदित—२०६०, प्रेमज्योति (गीति एल्बम), भजन (एल्वमहरू),आत्म सलिल महाकाव्य–२०७६ लगायत का कृति प्रकाशित छन् ।

अर्याल अमर ज्योति विद्यालय, कलङ्की काठमाडौँका संस्थापक, ज्योति महिला साक्षरता केन्द्र काठमाडौँका संस्थापक, आँचल साहित्य कलापुञ्ज, मकवानपुरका संस्थापक अध्यक्ष, मातृभूमि साहित्य समाज मकवानपुरका सल्लाहकार हुन् ।


Author

थप समाचार
x