साहित्य

गजल मञ्च चितवनले सांगीतिक गजल साँझ गर्दै

इकागज |
भदौ २६, २०८० मंगलबार १७:१० बजे

भरतपुर । १५७ औँ मोती जयन्तीका अवसरमा गजल मञ्च चितवनले सांगीतिक गजल साँझ आयोजना गर्ने भएको छ । भरतपुर-४ लंकूस्थित द ग्रिन पार्क रेस्टुरेन्टमा भदौ २८ गते बिहीबार गजल साँझ कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिए ।

बिहीबार साँझ ७ बजेबाट हुने कार्यक्रममा जिल्लाका युवा गजलकार एवम् गायकहरू उषा तिवारी, निर्दोष जीवन, प्रमिला सानु, सपना अर्याल रैला, अपेक्षा गिरी र परिविक्रमले गजल प्रस्तुत गर्ने अध्यक्ष सापकोटाले बताए ।


करिब २ घण्टाको प्रस्तुतिमा ६ जना गजलकारले पालैपालो सांगीतिक गजल प्रस्तुत गर्नेछन् । स्रस्टाहरूले आफ्ना गजल सँगसँगै चर्चित नेपाली गजलहरूमा पनि आवाज भर्ने मञ्चका उपाध्यक्ष रामकृष्ण अनायासले बताए ।

सांगीतिक गजल साँझ कार्यक्रमलाई भरतपुर महानगर प्रज्ञाप्रतिष्ठान, सम्पूर्ण किताब नारायणगढ, आरम्भ कलेज, द ग्रिन पार्क रेस्टुरेन्ट र कनेक्ट अस्ट्रेलियन एजुकेसन एण्ड भिसा सर्भिसले सहकार्य गरेका छन् ।


Author

थप समाचार
x